Wednesday, February 18, 2026

राष्ट्रिय झण्डाको बिषयमा कमजोरी भयो, आत्मालोचित छौं–सभापति बर्ताैला

ताजा / भरखरै प्राप्त

मनहरी–असोज ४ गते । नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाले संविधान दिवस मनाउने क्रममा राष्ट्रिय झण्डा प्रयोग नभएकोबारे आत्मालोचना गर्नु भएको छ ।

उहाँले नियतबश नभई व्यवस्थापकीय कमजोरी हुँदा राष्ट्रिय झण्डा नदेखिएको बताउनुभयो ।
मनहरीलाइभ डटकमले संविधान दिवसको दिन नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा मनहरीको रोटरी मार्केटमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा राष्ट्रिय झण्डा नभएको र महिलाको उपस्थिति न्यून रहेकोबारे समाचार प्रकाशन गरेको थियो ।

प्रकाशित समाचारको सत्यताप्रति प्रतिवद्धता जनाउँदै उहाँले उहाँले कार्यक्रम सञ्चालन गर्नुअघि पानी परिरहेकाले व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । आयोजक पार्टीहरु नै कसले के काम गर्ने भन्ने जिम्मेवारी बाँडफाँट नहुँदा माइक, ब्यानर र राष्ट्रिय झण्डा नै नराखीकन कार्यक्रम सञ्चालन गरिएको पाइएको छ ।

‘हामीले हाम्रा गल्तीहरुबाट पाठ सिक्दै जानुपर्छ, मिडियाले हाम्रो गल्ती देखाइदिएको छ, धन्यवाद भन्न चाहन्छौं’, सभापति बर्ताैलाले मनहरीलाइभ डटकमसँग भन्नुभयो । आगामी दिनमा यस्ता गल्ती नदोहोरिने र ब्यापक समाबेशी उपस्थितिमा जोड दिइने उहाँले बताउनुभयो ।

यसबारेमा के लेखिएको थियो पढ्न यहाँ क्लिक गर्नुहोस् ।

लोकप्रिय

Related Articles