मनहरी–चैत १४ गते । राक्सिराङ गाउँपालिका वडा नं ४ पन्जनी घर भई मनहरी गाउँपालिका वडा नं ७ लामाबस्तीमा बस्दै आइरहेका ६१ बर्षीय कामी सिं थिङ मनहरी ७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा मृत भेटिएका छन् ।
मनहरी–चैनपुर सडक खण्डको ठूलो खोल्सीमा उनको शव फेला परेको हो । उनी फागुन २९ गतेदेखि हराइरहेको भन्दै परिवारजनले खोजवीनका लागि इलाका प्रहरी कार्यालय मनहरीमा निवेदन दर्ता गरेको थियो ।
सडेगलेको अबस्थामा शव फेला परेको उनका छोरा अमिन थिङले बाबुको पहिचान गरेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

