राक्सिराङ–बैशाख ५ गते । श्रमदानबाट मात्रै देशको विकास गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर स्थापना भई राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीका कार्यकर्ताको सक्रियतामा एकमहिनामै आगलागी पीडितको लागि घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
राक्सिराङ गाउँपालिका वडा नं ३ लावतीस्थित कान्छीमाया चेपाङको परिवारका लागि २ कोठे जस्ताले छाएको घर शुक्रबार दिउँसो पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको उपस्थितिमा नयाँ घर हस्तान्तरण गरिएको हो ।
१ महिनाअघि आगलागीबाट घर जलेपछि बिक्षिप्त बनेको परिवारलाई तत्कालै खाद्यान्न र भाँडाकुडाहरु प्रदान गरिएको नयाँ घर निर्माणका लागि अभियान चलाइएको भवन निर्माण संयोजक रुद्र मुक्तानले बताउनुभयो । उहाँका अनुसार २ लाख ५ हजार रुपियाँ नगद, केही निर्माण सामग्रीहरु स्थानीय अगुवा, समाजसेवीहरु प्रदान गर्नु भएको थियो भने श्रम संस्कृति पार्टीका सदस्यहरुले श्रमदान गरेका थिए ।
नयाँघर पाएपछि कान्छीमायाको परिवारमा खुसी छाएको छ । कान्छीमायासँगै श्रीमान र छोरा पनि परिवारमा छन् ।
घर हस्तान्तरण कार्यक्रममा युवाहरुको सक्रियताको राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले प्रशंसा गर्नु भयो ।
र्यक्रममा ३ नं वडाध्यक्ष उत्तम वाइबा, निवर्तमान वडाध्यक्ष बाबुलाल स्याङ्तान, श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।





