मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकाले पालिका स्तरीय कक्षा ८ को परिक्षालाई व्यवस्थित गरी चैत ८ गतेबाट सुरु गर्ने भएको छ ।
मनहरी गाउँपालिका ३ लामिटारस्थित सभा हलमा आयोजना भएको छलफल कार्यक्रममा गाउँपालिकाले परिक्षाको सबै तयारी पूरा भएको जनाएको हो ।
परिक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केन्द्राध्यक्षहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताउनुभयो । उहाँले केन्द्राध्यक्षहरुलाई निर्देशन दिँदै बिगतमा सुनिने गरेका कमजोरीहरु नदोहो¥याउने अधिकतम प्रयत्न गरिएको बताउनुभयो ।
‘सँधैभरि गल्ती दोहो¥याइरहने छुट कसैलाई पनि हुन्न’, उहाँले भन्नुभयो–‘हामीहरुको उद्देश्य भनेको परिक्षाको विश्वसनियता, पारदर्शिता हो र त्यसका लागि मसिना कुराहरुको व्यवस्थापनको पक्षमा केन्द्राध्यक्ष जिम्मेवार हुनुपर्छ ।’
कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले परिक्षामा लापारबाही भएमा कारबाहीको अबस्था समेत आउन सक्ने भन्दै केन्द्राध्यक्षहरुलाई सचेत गराउनु भएको थियो । ‘कुनै पनि समस्या आएमा तत्कालै शाखामा सम्पर्क गर्नुहोला, हामी समस्या समाधानका लागि तयार छौं’, उहाँले भन्नुभएको छ ।
मनहरी गाउँपालिकाका अनुसार पालिकाभित्रका १८ वटा विद्यालयका ७६६ जना विद्यार्थीहरुले परिक्षामा सहभागिता जनाउँदैछन् । उनीहरुले आफू अध्ययन गरिरहेकै विद्यालयबाट परिक्षा दिनेछन् भने केन्द्राध्यक्ष र निरीक्षक अन्य विद्यालयबाट आउनेछन् ।
यसैबीच मनहरी गाउँपालिकाले कक्षा ५ को उपलब्धी मापन परिक्षा पनि चैत ६ गते सञ्चालन गर्दैछ । यो परिक्षामा ७५९ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा शाखाका सहायक विद्यालय निरीक्षक लक्ष्मण अधिकारीले बताउनुभयो ।
हरेक ५ वटा विषयका २०/२० पूर्णाङ्कका दरले १०० पूर्णाङ्कको उपलब्धी मापन गरिने उहाँले बताउनुभयो । उपलब्धी मापनका लागि पनि केन्द्राध्यक्ष र निरीक्षक परिवर्तन हुनेछन् भने सम्बन्धित विद्यालयमै बसेर परिक्षार्थीहरुले परिक्षा दिनेछन् ।

