Saturday, May 2, 2026

बुद्धजयन्तीमा भएन औपचारिक कार्यक्रम, गरियो बुद्धशान्ति हरितपार्क सफाइ

ताजा / भरखरै प्राप्त

मनहरी–बैशाख १९ गते । पश्चिम मकवानपुरको मनहरी आसपासमा रहेका गुम्बाहरु मिलेर हरेक बर्ष बुद्ध जयन्तीको दिन ¥याली र औपचारिक कार्यक्रमहरु आयोजना गरी बुद्धदर्शनको सन्देश प्रवाह गरिरहेका हुन्थे ।

तर, यसपटक हरेक गुम्बाहरुमा आफ्नै ढंगको पुजाआजा औपचारिकता प्रकट भयो । २५७० औँ बुद्धजयन्तीको अबसरमा विश्वभर रहेका ५० करोड बुद्धमार्गीहरुले हरेक ढंगले गौतम बुद्धलाई सम्झिरहँदा मनहरी गाउँपालिका वडा नं ७ का बुद्धमार्गीहरुले भने पार्क सफाइ गरेर बुद्धजयन्ती मनाएका छन् ।

मनहरी गाउँपालिका ७ स्थित बुद्धशान्ति हरितपार्क क्षेत्रको झाडी सफाइ गरी मनकामना सामुदायिक वन उपभोक्ता समूह, सव डिभिजन वन कार्यालय मनहरी, साङ्ग छोयफेल गुम्बा लगायतले बुद्धजयन्तीलाई सिर्जनात्मक बनाएका थिए ।

स्थानीय टोल विकास संस्था, युनिभर्सल लर्निङ एकेडेमी समेत मिलेर झाडी सफाइ गरिँदा बुद्धशान्ति हरित पार्क आकर्षक देखिएको छ ।

मनकामना सामुदायिक वन उपभोक्ता समूहको अगुवाईमा भएको झाडी सफाइ तथा सरसफाइ कार्यक्रममा झण्डै १५० भन्दा बढी व्यक्तिहरुले निरन्तर ३ घण्टा श्रम गरेका थिए । बिहान ७ बजे सुरु भएको सफाई १० बजेमात्रै सकिएको समूहका अध्यक्ष सुरेश मुक्तानले बताउनुभयो ।

पार्क फोहर देखिएकाले यस बर्ष ¥यालीभन्दा पनि झाडी सफाईमा बुद्धमार्गीहरुलाई जोडिएको उहाँले बताउनुभयो । बागमती प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा निर्मित बुद्धशान्ति हरित पार्क थकाइ मार्ने र हरियाली वातावरणमा रम्न चाहनेहरुका लागि गन्तब्यको रुपमा विकास हुँदै आएको छ ।

लोकप्रिय

Related Articles