Sunday, March 29, 2026

मनहरीमा बसन्त थिङ तोकिए राष्ट्रिय युवा संघ निर्वाचन परिचालन संयोजक

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ८ गते । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले मनहरी गाउँपालिका स्तरीय निर्वाचनल परिचालन कमिटी घोषणा गरेको छ ।

नेकपा एमालेको मनहरीस्थित पार्टी कार्यालयमा भएको युवा भेलाबाट बसन्त थिङ संयोजक र सुरेन्द्र तामाङ सह संयोजक हुने गरी निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।

कमिटीमा हरेक वडा कमिटीका अध्यक्षहरु, पूर्व पदाधिकारीहरु समेत सदस्य हुने व्यवस्था मिलाइएको छ । थिङ नेतृत्वको कमिटीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा युवा परिचालन, स्वयम्सेवक, सुरक्षा लगायतका बिषयहरुमा काम गर्ने राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका उपसचिव विश्व रानाले बताउनुभयो ।

समाजमा नेकपा एमाले पार्टी र उम्मेदवारहरुका बारेमा भ्रम छर्ने कार्य भइरहेकाले त्यसलाई चिर्नका लागि युवा परिचालन हुने र सामाजिक सञ्जालहरुमार्फत पनि भ्रम चिर्ने कार्यमा लाग्नका लागि युवालाई जागरुक बनाइएको रानाले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रिय युवा संघका बागमती प्रदेश कमिटी सदस्य सन्तोष बर्ताैलाले निर्वाचनमा युवाको भूमिकालाई उच्च र प्रभावकारी बनाएर लैजानका लागि अनुरोध गर्नुभयो ।

बैठकमा मकवानपुर जिल्ला कमिटी सदस्यहरु सन्तोष बर्ताैला, रुपक घिमिरे, मेनुका उप्रेती र सन्तोष ढकाल लगायतको उपस्थिति रहेको थियो भने प्रेस चौतारी केन्द्रीय सदस्य शिवकुमार रिजाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य हेमलाल उप्रेती, जिल्ला कमिटी सदस्य बीरेन्द्र डिसी, गाउँ कमिटी अध्यक्ष नविन सुवेदी लगायतले प्रशिक्षणात्मक मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles