Tuesday, February 17, 2026

राक्सिराङमा काँग्रेस पूर्व सभापतिले छाडे काँग्रेस, बने संयुक्त नागरिक पार्टीका उम्मेदवार

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ४ गते । नेपाली काँग्रेसका पुराना नेता एबम् तत्कालीन राक्सिराङ गाविसका सभापति जितन प्रजाले पार्टी छाड्नु भएको छ ।

केही समयअघि पार्टी छाड्नु भएका उहाँले आफू संयुक्त नागरिक पार्टीका तर्फबाट समानुपातिकतर्फको बन्द सुचिमा उम्मेदवार बनिसकेको बताउनुभयो ।

मनहरीलाइभ डटकमलाई प्राप्त प्रेस विज्ञप्ती अनुसार उहाँले नेपाली जन्मजात नै काँग्रेस भएपनि पछिल्लो समय काँग्रेस पार्टीले बेवास्ता गरेको आरोप लगाउनु भएको छ ।

उहाँले आफू दुर्घटनामा परेर एउटा खुट्टा नै गुमेपनि अटो चलाएर जीवनयापन गरिरहेको बताउँदै अपांगता कोटाको सदस्य पदमा समेत काँग्रेसले नराखेकाले मन भाँच्चिएको बताउनुभयो ।

नेपाली काँग्रेसको मकवानपुर क्षेत्र नं २ अन्तर्गतको प्रदेश ख समितिमा अहिले पनि अपांग कोटा सदस्य रिक्त नै राखिएको तर उक्त कोटामा आफूलाई मनोनीत गर्न आग्रह गर्दा पनि नेतृत्वले नमानेको उहाँको भनाइ छ ।

काँग्रेसले जिम्मेवारी नदिएपछि र योगदानको कदर नभएपछि आफू बाध्य भएर काँग्रेसको क्रियाशील सदस्यता परित्याग गरी संयुक्त नागरिक पार्टीको समानुपातिकतर्फको उम्मेदवार बनेको उहाँले बताउनुभयो ।

उहाँले संयुक्त नागरिक पार्टीको मनहरी गाउँपालिका ८ स्थित चुनावी सम्पर्क कार्यालयमा मनहरीलाइभ डटकमसँग प्रतिक्रिया दिँदै काँग्रेसजनले आफूलाई पार्टीका कार्यक्रममा आउन आग्रह गर्ने, आफ्ना परिवारको मत गणना गर्ने लगायत कार्य गरिरहेकाले त्यसो नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

काँग्रेसका विभिन्न जिम्मेवारीमा रहँदा सहयोग गर्ने सम्पूर्ण उहाँले धन्यवाद समेत दिनु भएको छ ।

लोकप्रिय

Related Articles