Wednesday, February 18, 2026

मनहरीको एकेडेमिक अर्थले शिक्षक लाइसेन्समा निकाल्यो ९४ प्रतिशत नतिजा

ताजा / भरखरै प्राप्त

मनहरी–पुस ६ गते । मनहरी गाउँपालिका वडा नं ७ मा रहेको एकेडेमिक अर्थ इन्स्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुले शिक्षक अध्यापन अनुमति पत्र प्राप्तिमा ठूलो सफलता हात पारेका छन् ।

हालै सार्बजनिक भएको निमावि तहको शिक्षक अध्यापन अनुमतिपत्रका लागि इन्स्टिच्यूटमा अध्ययन गरेर परिक्षा दिएका १६ मध्ये १५ जनाले पास गरेको इन्स्टिच्युटका सञ्चालक मनोजकुमार मुक्तानले बताउनुभयो ।

उहाँका अनुसार यस बर्ष आफ्नो इन्स्टिच्यूटमा अध्ययन गरेर परिक्षा दिएकामध्ये ९४ प्रतिशत विद्यार्थीले सफलता हात पारेको हो ।

इन्स्टिच्यूटमा देवराज रुम्बा र ज्योति कार्कीले शिक्षक अध्यापन अनुमति पत्रको कोर्ष अध्यापन गराउनु भएको थियो ।

इन्स्टिच्यूटले यसअघिबाटै शिक्षक लाइसेन्स अध्यापन, कक्षा ९, १०, ११ र १२ को ट्युसन र कोचिङ कक्षाहरु, कम्प्युटर प्रशिक्षण, भाषा तथा संगीत प्रशिक्षण लगायतका कार्यहरु समेत गर्दै आइरहेको छ ।

लोकप्रिय

Related Articles