मनहरी-पुस १६ गते । मनहरी गाउँपालिका ७ मा रहेको दर्पण सामुदायिक सिकाई केन्द्रमा नेतृत्व परिवर्तन भएको छ ।
केन्द्रको १९ औँ साधारण सभाले युवा समाजसेवी मनोजकुमार मुक्तानलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । मुक्तानको अध्यक्षतामा १३ सदस्य व्यवस्थापन समिति गठन भएको छ ।
नवगठित व्यवस्थापन समितिको सदस्यहरुमा मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, मनहरी गाउँपालिका शिक्षा शाखाका स्रोत व्यक्ति बिदुर थापा, राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेल सदस्य चुनिनु भएको छ । त्यसैगरी शुक्रबहादुर प्रजा, मेनुका सुनार, देवराज रुम्बा, बिशाका मुक्तान, युसना मुत्तःान, समाज थिङ, गोविन्द थिङ र पवन मुक्तान सदस्य पदमा चुनिनु भएको छ ।

१३ सदस्यीय व्यवस्थापन समितिले ५ सदस्यीय कार्यान्वयन समिति गठन गर्ने बताइएको छ । पुस्तकालयको व्यवस्थापन तथा अन्य शैक्षिक गतिविधिहरु सञ्चालन गर्नेगरी संस्थालाई अघि बढाइने नवगठित व्यवस्थापन समितिका अध्यक्ष मुक्तानले प्रतिक्रिया दिनुभयो ।
समितिका निवर्तमान अध्यक्ष तथा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा भएको साधारणमा सभामा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, समाजसेवी बीरबहादुर घलान ज्वाला, ७ नं वडा सदस्य नमराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।
सहभागीहरुले शुभकामना मन्तब्य मार्फत संस्थाको चलायनमान अबस्थालाई गम्भीर ढंगले लिनुपर्नेमा जोड दिनु भएको थियो ।

