Tuesday, February 17, 2026

मनकामना मन्दिर पुननिर्माण अभियानः मुख्यमन्त्री बानियाँले एक महिनाको तलब दिने

ताजा / भरखरै प्राप्त

मनहरी । मंसीर ५ गते । मनहरी गाउँपालिका ७ स्थित मनकामना मन्दिरको पुननिर्माणका लागि बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक महिनाको तलब योगदान गर्ने घोषणा गर्नु भएको छ ।

बाला चतुर्दशी मेलाको अबसरमा दीप प्रज्वलनका लागि आउनु भएका मुख्यमन्त्री बानियाले मन्तब्यमार्फत १ महिनाको तबल दान गर्ने घोषणा गर्नु भएको हो ।

उहाँले बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत मन्दिर परिसर क्षेत्रमा कामहरु गरिने समेत बताउनु भएको छ ।

एक महिनाको तलबबापत मुख्यमन्त्री तथा नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति बानियाले ७५ हजार रुपियाँ प्रदान गर्ने घोषणा गर्नु भएको काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाले जानकारी दिनुभयो ।

मनकामना मन्दिर पुन निर्माणका लागि अन्य मन्त्री तथा नेताहरुसँग पनि आर्थिक दान र परियोजनाहरु सञ्चालनका सहजीकरण गरिने सभापति बर्ताैलाले बताउनुभयो ।

बाला चतुर्दशी मेलाका अबसरमा अन्य भक्तजनहरुबाट दान तथा चन्दाहरु संकलन हुँदा रातभरमा ७५ हजार ६ सय ३५ रुपियाँ संकलन भएको मनकामना सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

बाला चतुर्दशी मेलामा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ र सहकारी तथा गरिवी निवारण मन्त्री बिनु रायमाझी, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीसहित जनप्रतिनिधिहरु र राजनीतिक दलहरुका प्रतिनिधिहरुको समेत उपस्थितिले मनकामना मन्दिर परिसरको श्रीबृद्धिका लागि ठूलो टेवा पुग्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।

लोकप्रिय

Related Articles