Wednesday, February 18, 2026

एमालेको भोलिको र्‍यालीमा २ हजार बढी मोटरसाइकल सहभागी हुने

ताजा / भरखरै प्राप्त


हेटौँडा–कात्तिक २८ गते । नेकपा एमाले मकवानपुरले संविधानको रक्षाका लागि मास परिचालनलाई जोड दिएको छ ।

एमालेले भोलि कात्तिक २९ गते ठूलो संख्यामा मोटरसाइकल एकत्रित गरी ¥याली निकाल्ने तयारी गरेको हो ।
जस अनुसार २ हजारभन्दा बढी मोटरसाइकलहरु एकत्रित गरी ¥याली, जनप्रदर्शन र सभा गर्ने तयारी भएको नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले बताउनुभयो ।

‘कात्तिक २२ गतेको पालिकास्तरीय जनभेलाले हामीलाई उत्साह थपेको छ’, लामाले भन्नुभयो–‘अब सदरमुकाम केन्द्रित प्रदर्शनलाई भब्य बनाउने काममा जुटेका छौँ ।’

उपाध्यक्ष लामाका अनुसार कात्तिक २९ गते दिउँसो २ बजेभित्र हुप्रचौरमा मोटरसाइकल जम्मा हुनेछन् । त्यसपछि हेटौँडा सहरका विभिन्न स्थानहरुको परिक्रमा गरेर सभामा परिणत हुनेछ । सभालाई सम्बोधन गर्न नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराई आउने कार्यक्रम तय भएको छ ।

¥यालीमा आउने कार्यकर्ताहरुले अनिबार्य हेलमेट लगाउनुपर्ने, एउटा मोटरसाइकलमा २ जनाभन्दा बढी बस्न नपाइने, लाइसेन्स भएका व्यक्तिले मात्रै मोटरसाइकल चलाउने व्यवस्था मिलाइने लगायतका व्यवस्थापन गरिएको छ ।

त्यसैगरी जनप्रतिनिधिहरुले सरकारी नम्बर प्लेटको मोटरसाइकल ल्याउन नपाउने कुरालाई कडाइका साथ कार्यान्वयन गरिने नेकपा एमालेले जनाएको छ ।

मोटरसाइकलमा लाग्ने इन्धन लगायत अन्य व्यवस्थापकीय कुरा स्वः व्यवस्थापनमा हुनेछ । ‘हामी अरुजस्तो पेट्रोल र कुपन बाँडेर पैसा खर्च गरेर ¥याली गर्दैछैनौं, पार्टीलाई अफ्ट्यारो परेका बेला एमालेका कार्यकर्ताले स्वतस्फुर्त ¥याली निकाल्नेछन् ।’, उपाध्यक्ष लामाले भन्नुभयो ।

‘देश र पार्टीलाई अफ्ठ्यारो पर्दा एमालेका कार्यकर्ताहरु स्वतस्फूर्त सडकमा आउँछन् भन्ने कुरा पटक पटक प्रमाणित गरेका छौं, यसपटक पनि मोटरसाइकल ¥याली र जनसभाका माध्यमबाट हामीले यो कुरालाई पुष्टि गर्दैछौं ।’, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर रानाले भन्नुभयो ।

¥यालीलाई व्यवस्थित गर्नका लागि जिल्ला सदस्य तथा युवा इन्चार्ज सानु लामाको संयोजकत्वमा १ सय जनाभन्दा बढी युवाहरुको स्वयम्सेवक दस्ता परिचालन गरिनेछ ।

मोटरसाइकल ¥यालीलाई एकत्रित गरी व्यवस्थापन गर्न हेटौँडाबाट पश्चिमतर्फ सचिवालय सदस्य हेमलाल उप्रेतीको संयोजन हुने, उत्तरतर्फ सचिवालय सदस्य मेम्बर लोको संयोजन, पूर्वतर्फ सचिवाल सदस्य अनिल बानियाको संयोजन र बजार क्षेत्रमा उपसचिव फुर्वा दोर्जे लामाको संयोजन रहने गरी कार्य व्यवस्था मिलाइएको छ ।

लोकप्रिय

Related Articles