Tuesday, February 17, 2026

मनहरीमा बाला चतुर्दशी मेला तीन दिन लाग्ने

ताजा / भरखरै प्राप्त

मनहरी–कात्तिक २८ गते । पश्चिम मकवानपुरको प्रमुख धार्मिकस्थलको रुपमा परिचित मनहरी गाउँपालिका ७ मनहरी बजारमा रहेको मनकामना मन्दिर परिसरमा यसबर्ष बाला चतुर्दशी तिथिका अबसरमा तीन दिन मेला लाग्ने भएको छ ।

मनकामना सनातन धर्म संरक्षण संस्थाले यस बर्ष मेलाको अबधि बढाएर तीन दिन पु¥याएको छ । यद्यपि मेलालाई मौलिक रुपमै मनाउने र कुनै पनि बाह्य कलाकारहरु ल्याएर सांस्कृतिक र सांगीतिक कार्यक्रम गर्ने लक्ष्य नरहेको संस्थाले जनाएको छ । संस्थाका अनुसार आगामी मंसीर १ गते बिहान १० बजेबाट मेला सुरु हुने छ ।

त्यसदिन साँझ ५ बजे मेला समापन हुनेछ । मंसीर २ गतेबाट सुरु हुने मेला भने भोलिपल्ट अर्थात मंसीर ३ गते साँझ मात्रै समापन हुने संस्थाका अध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

मेलामा अघिल्ला बर्षहरुमा झैँ वाल उद्यान, बिजुली व्यवस्थापन, भक्तजनहरुका लागि बत्ती बाल्ने व्यवस्था, भजनकिर्तन लगायतका क्रियाकलापहरु हुने बताइएको छ ।

मेला स्थलमा झारहरु काटेर सरसफाई गर्ने कार्य भइरहेको भन्दै संस्थाले व्यापार व्यवसाय गर्न चाहनेहरुका लागि स्टल बुकिङ खुल्ला गरिसकेको जनाएको छ ।

लोकप्रिय

Related Articles