मनहरी–कात्तिक २५ गते । जेनजी आन्दोलनपछि विकसित भएको राजनीतिक घटनाक्रमले बिघटनको शिकार बनेको प्रतिनिधिसभा पुनस्थापनाको मागसहित नेकपा एमालेले मनहरी गाउँपालिकामा मोटरसाइकल ¥यालीसहित जनसभा गरेको छ ।
मकवानपुर र चितवनको सीमावर्ती क्षेत्र लोथरबाट निस्केको मोटरसाइकल ¥याली मनहरी गाउँपालिका केन्द्र रजैयामा पुगी जनसभामा परिणत भएको हो । जनसभालाई सम्बोधन गर्दै संविधानसभा सदस्य तथा नेकपा एमालेका नेता राजाराम स्याङ्तानले जनप्रतिनिधि मुलक संस्थालाई बिघटन गरी देशमा गैरलोकतान्त्रिक अभ्यास गर्न खोजिएको आरोप लगाउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले मकवानपुरका उपाध्यक्ष तथा युवा नेता हिदम लामाले जेनजीका नाउँमा अपराध गर्नेहरु कानूनको नजरबाट भाग्न नमिल्ने बताउनुभयो । उहाँले गैरकानूनी रुपमा गठन भएको भएको सरकारले जेनजीको आन्दोलनका नाउँमा अपराध गर्नेहरुलाई कानूनी दायरामा ल्याउन नसकेको आरोप लगाउनुभयो ।
नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्ष नवीन सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरु, विभिन्न भ्रातृ संगठनका नेता कार्यकर्ताहरु सहभागी हुनु भएको थियो । १५० भन्दा बढी मोटरसाइकलसहितको ¥यालीले जेनजी आन्दोलनपछि एमाले पार्टी हरायो भनेर हल्ला गर्नेहरुलाई जबाफ दिइएको एमाले मनहरीका उपसचिव अमृत बर्ताैलाले बताउनुभयो ।

