Wednesday, February 18, 2026

एमालेले देखायो राक्सिराङमा शक्ति

ताजा / भरखरै प्राप्त

राक्सिराङ–कात्तिक २५ गते । नेकपा एमालेले राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा शक्ति प्रदर्शन गरेको छ ।
सबै वडाहरुबाट शक्ति एकीकृत राक्सिराङ गाउँपालिका ५ स्थित चैनपुरमा प्रदर्शन र जनसभा गरिएको हो ।

सभालाई सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा राक्सिराङ गाउँपालिका इन्चार्ज एकराज उप्रेतीले देशमाथि भइरहेको देशी–विदेशी षड्यन्त्रको पर्दाफास गर्दै अघि बढ्नुको बिकल्प नरहेको बताउनुभयो । उहाँले राष्ट्रियताको पक्षमा उभिएकै कारण नेकपा एमालेमाथि भइरहेको आक्रमणको प्रतिरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य तथा भर्खरै मात्र नेकपा एकीकृत समाजवादी परित्याग गरी नेकपा एमालेमा फर्कनु भएका नेता राजाराम स्याङ्तानले नेतृत्वबीच कुरा नमिल्दा पार्टी बिभाजन हुने गरेको प्रसंग सुनाउँदै जनताको बहुदलीय जनवादले अंगिकार गरेको बाटोमा अघि बढ्नुको बिकल्प नरहेको बताउनुभयो ।
अर्का संविधानसभा सदस्य गोविन्दराम चेपाङले नेकपा एमालेलाई टुटफुट गराएर स्वार्थ लिन चाहनेहरुले अब पाठ सिक्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले मकवानपुरका उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जेनजीको नाउँमा भएका सम्पूर्ण अपराधको कानूनी उपचार हुनुपर्ने बताउनुभयो । नेकपा एमालेका नेता कार्यकर्ताहरुले देशी विदेशी षड्यन्त्रलाई चिर्दै जनतामाझ स्थापित हुनेगरी काम गर्नु नै साँचो अर्थमा देशप्रति न्याय हुने बताउनुभयो ।

नेकपा एमाले राक्सिराङ गाउँपालिका अध्यक्ष सिंहराम रुम्बा (रोहन) को सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरु, विभिन्न भ्रातृ संगठनका नेता कार्यकर्ताहरुसहितको ¥याली निकालिएको थियो । ¥यालीमा ७ सयभन्दा बढीको सहभागिता रहेको दाबी नेकपा एमालेले गरेको छ ।

लोकप्रिय

Related Articles