Wednesday, February 18, 2026

एमालेले गर्‍यो मनहरीको ६ वडामा एकैदिन जनभेला

ताजा / भरखरै प्राप्त

मनहरी । कात्तिक २२ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका ६ वटा वडामा नेकपा एमालेले शनिबार एकैदिन वडा केन्द्रित जनभेला सम्पन्न गरेको छ । केन्द्रीय सर्कुलर अनुसार जनभेलाहरु सम्पन्न भएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य हेमलाल उप्रेतीले बताउनुभयो ।

जनभेला सम्पन्न भएका वडाहरुमा वडा नं ३, ४, ५, ७, ८ र ९ रहेका छन् । वडा नं ३ मा जिल्ला कमिटी सदस्य तथा वडा संयोजक मनिला बिष्टसहितका नेता कार्यकर्ताको उपस्थितिमा भेला भई आगामी कात्तिक २५ गते हुने पालिकास्तरीय प्रदर्शनको तयारीका बारेमा छलफल भएको छ ।

त्यसैगरी वडा नं ४ मा जिल्ला कमिटी सदस्य तथा वडा संयोजक गीता प्रजाको उपस्थितिमा जनभेला भएको नेकपा एमाले ४ नं वडा कमिटीका अध्यक्ष शिशुपाल बस्नेतले जानकारी दिनुभयो ।

वडा नं ५ मा जिल्ला सदस्य इन्द्रकुमारी मिजारको उपस्थितिमा वडा भेला आयोजना भएको नेकपा एमाले मनहरी गाउँ कमिटीका उपाध्यक्ष बुद्धिराम मुक्तानले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं ७ जिल्ला सदस्य तथा वडा संयोजक बिरेन्द्र डिसीको उपस्थितिमा जनभेला भई आगामी कार्यक्रमहरुको तयारीका सन्दर्भमा छलफल भएको पूर्व जिल्ला कमिटी सदस्य गौतम लामाले जानकारी दिनुभयो ।

वडा नं ८ मा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका निवर्तमान अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा देवकोटस्थित भ्यूटावर क्षेत्रमा जनभेला आयोजना गरिएको नेकपा एमाले ८ नं वडा कमिटी अध्यक्ष यादव अधिकारीले बताउनुभयो । उहाँका अनुसार जेनजी आन्दोलनपछिको अबस्थाका बारेमा छलफल गरी आगामी तयारीका बारेमा निर्णय भएको छ ।

वडा नं ९ को ढकालखोल्चास्थित सामुदायिक भवनमा जनभेला सम्पन्न भएको छ । जनभेलामा जिल्ला सचिवालय सदस्य हेमलाल उप्रेती, जिल्ला सदस्य तथा वडा संयोजक लक्ष्मण उप्रेतीसहित नेता कार्यकर्ताको सहभागिता रहेको वडा कमिटी अध्यक्ष राम पुरीले जानकारी दिनुभयो ।

वडा नं १ र २ नं वडामा प्राविधिक कारणले वडा केन्द्रित जनभेला हुन नसकेको नेकपा एमालेले जनाएको छ । धान भित्र्याउने सिजन भएको र कात्तिक महिनामा विभिन्न किसिमका पुजापाठ र रीतिथितिमा सहभागी हुनुपर्ने लगायतका कारणले दुबै वडामा कार्यक्रम हुन नसकेको र पालिकास्तरीय कार्यक्रमको तयारीका बारेमा आन्तरिक छलफल गरिएको जिल्ला सदस्य तथा २ नं वडा संयोजक बिमला कार्कीले बताउनुभयो ।

वडा नं ६ मा भने कात्तिक २३ गते कार्यक्रम आयोजना हुने र आगामी कार्यक्रमको तीब्र तयारी हुने जिल्ला सचिवालय सदस्य हेमलाल उप्रेतीले बताउनुभयो ।

नेकपा एमालेको केन्द्र्रीय सर्कुलर अनुसार शनिबार कात्तिक २२ गते देशभरका वडाहरुमा जनभेला र कात्तिक २५ गते पालिकास्तरीय प्रदर्शनी तथा कात्तिक २९ गते सदरमुकाम केन्द्रित प्रदर्शन हुने कार्यक्रम तय भएको छ ।

लोकप्रिय

Related Articles