Wednesday, February 18, 2026

नेपाली काँग्रेस मनहरीद्वारा जेनजी आन्दोलनका कारण निराश नहुन सुझाव

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ ३१ गते । जेनजी आन्दोलनका कारण भएको भौतिक क्षतिको अनुगमन गरी नेपाली काँग्रेस मनहरी गाउँ इकाई समितिले गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई भेटेको छ ।

पालिका सभापति प्रकाश बर्ताैलाको नेतृत्वमा गाउँपालिका पुगेको काँग्रेसजनले अध्यक्ष कालाखेतीलाई निर्धक्क भएर काम गर्न सुझाव दिएको हो ।

सो क्रममा सभापति बर्ताैलाले जेनजी आन्दोलनमा भएको क्षति र त्यसबाट उत्पन्न भएको असहज परिस्थितिको सामना गरेर राजनीतिक रुपमा अघि बढ्न सुझाव दिइएको बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनका कतिपय कारणहरु स्थानीय बिषयहरु पनि रहेको इंगित गर्नु भएको छ । योजना तर्जुमा, उपभोक्ता समिति गठन, कार्य सम्पादन लगायतका कार्यहरुमा पारदर्शिता, जनसहभागिताको सबालमा अध्यक्ष कालाखेतीलाई सुझाव दिइएको बर्ताैलाले बताउनुभयो ।

‘स्थानीय कारणहरुलाई स्थानीय रुपमै सम्बोधन गर्ने र राष्ट्रिय समस्याहरुको समाधान केन्द्रीय रुपमै हुने भएकाले स्थानीय सरकार पनि चनाखो भएर काम गर्नुपर्नेमा सभापति सुझाव दिनु भएको बताउनुभयो ।

सो क्रममा अध्यक्ष कालाखेतीले गाउँपालिकाको भवन, सभाहल तथा उपकरणहरुमा क्षति पुगेपनि कार्य सञ्चालनमा अन्य उपायहरु लगाएर जनताका काम सुचारु गरिने बताउनु भएको थियो ।

जेनजी आन्दोलनबाट मनहरी गाउँपालिकाको अध्यक्षको कार्यकक्ष तथा जिन्सी शाखा एबम् लामिटारस्थित ख ब्लककमा रहेका शाखा तथा सभाहलमा क्षति भएको थियो ।

जेनजी आन्दोलनपछि स्थानीय रुपमा राजनीतिक सक्रियता बिस्तारै बढ्दै गइरहेको छ । जेनजी आन्दोलनले राजनीतिक अस्तित्व सक्काइदिएको र अन्य पुराना पार्टीहरु उठ्नै नसक्ने बनेको भन्ने जेनजीको भाष्यलाई नेपाली काँग्रेस, एमाले, माओवादी लगायत पुराना दलहरुले गलत साबित गर्ने प्रयास गरिरहेका छन् ।

लोकप्रिय

Related Articles