Wednesday, February 18, 2026

जेलबाट भागेका २० कैदीबन्दी मनहरीबाट नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ २८ गते । जेन जी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट फरार भएका २० जना कैदीबन्दीलाई इलाका प्रहरी कार्यालय मनहरी नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई कतिपयलाई घरैबाट, कतिपयलाई भाग्दै गर्ने क्रममा र कतिपयलाई सडकबाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुमा स्थानीय कैदीबन्दीदेखि भारतीयहरु समेत रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक बिशाल सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिइएका कैदीबन्दीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पेस गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्बन्धित कारागारमा सम्पर्क गरी कैदीबन्दी फिर्ता पठाउने काम गरिरहेको छ ।

लोकप्रिय

Related Articles