मनहरी–भदौ २८ गते । मनहरी गाउँपालिकाभित्रका निजी तथा आवासीय विद्यालयहरु भोलि भदौ २९ गतेबाट सञ्चालनमा आउने भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मनहरीका अध्यक्ष यदुनाथ श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विद्यालयहरु सुचारु गर्ने निर्णय गरेको हो ।
उहाँका अनुसार मनहरी प्याब्सनको क्यालेन्डरमा उल्लेख भएको दोस्रो त्रैमासिक परिक्षाको मिति पनि फेरबदल गरिएको छ । यसअघि असोज २ गतेबाट सुरु हुने भनिएको परिक्षा अब असोज ५ गतेबाट मात्रै सुरु हुनेछ र असोज ११ गते सकिने तालिका निर्माण भएको छ ।
यो अबधिमा पर्नेश शनिबारका दिनहरुमा क्षतिपूर्तिबापत अध्यापन गराइने प्याब्सनले जनाएको छ । जेन जी आन्दोलनका कारण मनहरी गाउँपालिका सबै निजी तथा आवासीय विद्यालयहरु बन्द भएका थिए ।
मनहरी प्याब्सनमा राक्सिराङ गाउँपालिकाका १ सहित १० वटा विद्यालयको आबद्धता रहेको छ ।

