Wednesday, February 18, 2026

मनहरीमा डिभिजन वन कार्यालय बन्ने

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ १८ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित डिभिजन वन कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।

निर्माण हुन लागेको पक्की भवनको बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री भरत केसीले बुधवार शिलान्यास गर्नु भएको छ । उहाँले जग पुजा गरेर भवनको शिलान्यास गर्नु भएको हो ।

१४ वटा कोठा रहने भूकम्प प्रतिरोधी भवन निर्माणका लागि १ करोड ७५ लाख रुपियाँ लगानी हुने डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेमबहादुर थापाले बताउनुभयो ।

ंनयाँ संविधान २०७५ जारी भएर मुलुक संघीयता कार्यान्वयनमा गएसँगै मकवानपुर जिल्लामा दुईवटा डिभिजनल वन कार्यालय स्थापना भएका हुन् । उत्तर पश्चिम मकवानपुर लक्षित गरी डिभिजन वन कार्यालय राप्ती मनहरी र सदरमुकाम हेटौँडामा केन्द्रित हुने गरी डिभिजन वन कार्यालय मकवानपुर स्थापित भएको हो ।

बागमती प्रदेशका १३ वटा जिल्लामध्ये सिन्धुली र मकवानपुर जिल्लामा २/२ वटा र अन्य ११ वटा जिल्लामा एक/एक वटा डिभिजन वन कार्यालय स्थापित भएका छन् ।

लोकप्रिय

Related Articles