मनहरी–भदौ ४ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ स्थित आमाघर आश्रममा बृहद् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

आगामी भदौ ८ गते आयोजना गर्न लागिएको बृहद् रक्तदान कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्वभर सञ्चलान गर्न लागेको ग्लोबल मेगा रक्तदान अभियान अन्तर्गत हुन लागेको हो ।
जस अनुसार विश्वभर एकै दिन रक्तदान कार्यक्रम आयोजना गरी ठूलो परिमाणमा रक्त संकलन हुन लागेको हो ।
मनहरीमा पनि ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्रको संयोजनमा यस क्षेत्रमा भएका हालसम्मका रक्तदान कार्यक्रमहरुमा भएका रेकर्डलाई तोड्नेगरी तयारी अघि बढेको कार्यक्रम संयोजक बिदुर सिलवालले बताउनुभयो ।
उहाँका अनुसार मनहरीमा रहेका क्याम्पस, विद्यालयहरु, विभिन्न सामाजिक संघसंस्थाहरुसँगको व्यापक सहयोग, समन्वय र साझेदारितामा कार्यक्रम आयोजना गर्न लागिएको हो । यसका लागि सरोकारवालासँग पटक पटक बैठक र आपसी समन्वय गरिएको सिलवालले बताउनुभयो ।
भदौ ८ गते बिहान ७ बजेबाट सुरु हुने रक्तदान कार्यक्रममा १५० जनाले रक्तदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । सो दिन विश्वभर नै रक्तदान कार्यक्रम आयोजना गरिएको छ

