Saturday, July 12, 2025

बजेट सार्वजनिक: कैलाश– ५३ करोड ८६ लाख, राक्सिराङ–६३ करोड ५२ लाख र मनहरी–८७ करोड ७२ लाख

ताजा / भरखरै प्राप्त

मनहरी–असार १० गते । पश्चिम मकवानपुरका तीनवटा स्थानीय सरकारले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक बर्षका लागि बजेट सार्बजनिक गरेका छन् ।

उत्तर पश्चिमतर्फ रहेको कैलाश गाउँपालिकाको १६औं गाउँसभाले ५३ करोड ८६ लाख २० हजार रुपैयाँको बजेट पारित गरेको छ । पारित बजेटमा युवाको स्वरोजगारी सिर्जनाका कृषि उद्यमलाई जोड दिइएको छ ।

त्यसैगरी हरेक घरघरै धारा पु¥याउने कार्यक्रमका लागि ‘एक घर एक धाराः एक घर, एक शौचालय’ कार्यक्रम सञ्चालन हुने कैलाशको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकामा हाटबजार सञ्चालन, कृषक परिचयपत्र, पशु बीमा कार्यक्रम र चेली प्रोत्साहन कार्यक्रमको निरन्तरतालाई जोड दिनु भएको छ ।

यी सबै कार्यक्रम तथा योजनाहरु सञ्चालनका लागि ५३ करोड ८६ लाख २० हजार आम्दानी प्रक्षेपणसहितको बजेट गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सार्बजनिक गर्नु भएको थियो ।

यता राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८२/८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट पारित गरेको छ ।

चालू आर्थिक बर्षको तुलनामा यो अंक ८ करोड ९० लाख ५८ हजार रुपियाँ बढी हो । गाउँसभा बैठकमा उपाध्यक्ष बनस्तम थिङले सार्बजनिक गर्नु भएको बजेटमा स्थानीय कोदोको रक्सी उत्पादन र यसको व्यवसायिक प्रवद्र्धनका लागि अनुसन्धान र जाँच गर्न बजेट बिनियोजित छ ।

त्यसैगरी गाउँपालिकाले करबृद्धिका अन्य उपायहरु खोज्दै कर छली भइरहेका क्षेत्रहरुको पहिचान गरी करको दायरा बढाउने तर मालपोतमा भने १० प्रतिशत घटाउने निर्णय गरेका गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

यता मनहरी गाउँपालिकाले चालू आर्थिक बर्षभन्दा १० करोड रुपियाँ कम बजेट सार्बजनिक गरेको छ । निरन्तर रुपमा आन्तरिक स्रोत घट्दै गइरहेको सन्दर्भमा बजेटको आकार घटेको हो ।

आगामी आर्थिक बर्ष २०८२/८३ का लागि मनहरी गाउँपालिकाले ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट पारित गरेको हो ।

बजेटको आकार घटेसँगै यसअघि मनहरी गाउँपालिकाले हरेक वडामा सिलिङ बजेटको रुपमा ७० लाख बराबरको योजना बाँडफाँट गरेकामा आगामी बर्षका लागि उक्त रकम घटेर प्रति वडा ५० लाख रुपियाँमा आइपुगेको बताइएको छ ।

मनहरी गाउँपालिकाको १७ औँ अधिबेसनको दोस्रो बैठक, लामिटार सभाहल मनहरी–३ ।
मनहरी गाउँपालिकाको १७ औँ अधिबेसनको दोस्रो बैठक, लामिटार सभाहल मनहरी–३ ।
राक्सिराङ गाउँपालिकाको १६ औँ अधिबेसन, पालिका सभाहल राक्सिराङ ५, चैनपुर ।
राक्सिराङ गाउँपालिकाको १६ औँ अधिबेसन, पालिका सभाहल राक्सिराङ ५, चैनपुर ।
कैलाश गाउँपालिकाको १६ औँ अधिबेसन, पालिका सभाहल कैलाश ३, कालिकाटार ।

लोकप्रिय

Related Articles