Saturday, July 12, 2025

मनहरी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित

ताजा / भरखरै प्राप्त

मनहरी–असार ७ गते । मनहरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिकाको रुपमा घोषित गरिएको छ । मनहरी गाउँपालिका वडा नं ३ लामिटारस्थित सभा हलमा आयोजित कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाको रुपमा घोषणा गरिएको हो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम भएको हो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, गाउँपालिका उपाध्यक्ष सीता पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीसहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

मनहरी गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाका प्रमुख एबम् महिला स्वास्थ्य स्वयम् सेविकाहरु तथा कर्मचारीहरुको उपस्थितिमा जिल्ला समन्वय समिति मकवानपुरबाट पूर्ण खोप सुनिश्चितता भएको प्रमाण पत्र गाउँपालिकालाई हस्तान्तरण भएको थियो ।

साथै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नका लागि योगदान पु¥याउने वडास्तरीय खोप समन्वय समिति, स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई समेत प्रमुख अतिथि घलानको हातबाट प्रमाण पत्र बितरण गरिएको थियो ।

पूर्ण खोप सुनिश्चितता घोषणा भएसँगै हरेक वडाका बालबालिकाहरु खोप सेवाको दायरामा आएको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले बताउनुभयो ।

लोकप्रिय

Related Articles