Friday, November 14, 2025

तामाङ संस्कृति पुनर्जागरणका लागि डम्फू र टुङ्नासम्बन्धी प्रशिक्षण

ताजा / भरखरै प्राप्त

मनहरी–असार ६ गते । राक्सिराङ गाउँपालिकाले युवाहरुका लागि मौलिक बाजाहरु डम्फू र टुङ्ना बजाउने तालिम सुरु गरेको छ । तामाङ समुदायको परम्परा र संस्कृतिसँग जोडिएको डम्फू र टुङ्ना लोपोन्मुख मौलिक बाजाहरु हुन् ।

एकेडेमिक अर्थ इन्स्टिच्यूटसँगको समन्वयमा राक्सिराङ गाउँपालिको सञ्चालन गरेको तालिममा राक्सिराङ गाउँपालिकाका युवाहरु सहभागी छन् ।

तालिमको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफ्नो गाउँपालिकाभित्र तामाङ समुदायको सबैभन्दा बढी बसोबास रहेपनि परम्परा र संस्कृति बिर्सँदै गएकालेृ डम्फू र टुङ्ना बजाउने र त्यसबारे जानकारी दिनका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद तथा साहित्यकार ओमबहादुर ग्लानले तामाङ भाषा बोल्दा लजाउनुपर्ने अथवामा कसैले खिल्ली उडाएकोजस्तो अनुभूत हुने अबस्था आएको भन्दै सबै मिलेर परम्परा र संस्कारलाई पुनर्जागरण गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले तामाङहरु सकिएको भन्दै जेजति मानिसहरु यो जागरण अभियानमा लाग्नु भएको छ, सबैजना मिलेर अभियानलाई सफल पार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडाअध्यक्ष उत्तम वाइबा, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, सञ्चारकर्मी शिवकुमार काशीलगायतले राक्सिराङले तामाङ, चेपाङ, मगर तथा अन्य जातिको मौलिक संस्कृति संरक्षणमा ध्यान दिएको भन्दै खुसी व्यक्त गर्नु भएको थियो ।

तालिममा छेवाङ छिरिङ लामाले डम्फु तथा टुङना बजाउन प्रशिक्षण दिने एकेडेमिक अर्थ इन्स्टिच्यूटका सञ्चालक मनोज मुक्तानले बताउनुभयो ।

लोकप्रिय

Related Articles