Thursday, June 12, 2025

मनहरी समृद्ध बहुद्देश्यीय सहकारीमा पनि बीमा सम्झौता

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ २३ गते । मनहरी गाउँपालिका ९ मा मुख्य कार्यालय रहेको मनहरी समृद्ध बहुद्देश्यीय सहकारी संस्था र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबीच ऋण सुरक्षणका लागि बीमा सम्झौता भएको छ ।

सहकारी र सानिमा रिलायन्स लाइफका प्रतिनिधिबीच बीमा सम्झौतापत्रमा हस्ताक्षर भई सम्झौता पत्र साँटासाँट गरिएको छ ।

बीमा सम्झौता हस्ताक्षर कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्सुरेन्सका क्षेत्रीय प्रबन्धक सूर्य गिरी र मनहरी शाखा प्रमुख सुनिल लम्साल तथा मनहरी समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट अध्यक्ष नारायण सुवेदी तथा कोषाध्यक्ष नवराज पराजुली र ब्यबस्थापक सीता सापकोटा सहभागी हुनुहुन्थ्यो ।

सहकारीबाट ऋण लिएका ऋणीहरुको भबितब्य भएमा ऋण उठाउन समस्या हुने गरेका घटनालाई सहजीकरण गर्नका लागि बीमा गरिएको र त्यसले आर्थिक सुरक्षण गर्ने सहकारीका अध्यक्ष सुवेदीले बताउनुभयो ।

बीमालाई खर्चको रुपमा नलिई आर्थिक सुरक्षा हो भन्ने स्पष्ट पार्नका लागि सहकारीहरुमा एकपछि अर्काे गर्दै बीमा कार्यक्रमलाई तीब्रता दिइएको सानिमा रिलायन्स इन्सुरेन्सका क्षेत्रीय प्रबन्धक गिरीले बताउनुभयो ।

लोकप्रिय

Related Articles