राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिका ३ स्थित सूर्याेदय माध्यमिक विद्यालयमा शिक्षाको अधिकार सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र बागमती प्रदेशको सहयोग, सूर्याेदय माविको समन्वय तथा बाल अधिकार समूह सूर्याेदय माविको आयोजना नाटक प्रदर्शन भएको हो ।
नाटकमा विद्यार्थीहरुले शिक्षा बिना जोकोहीको जीवनमा रुपान्तरण सम्भव छैन भन्ने सन्देश प्रबाह गरेका थिए । उनीहरुले नेपालको परिप्रेक्ष्यमा सरकारी तबरबाट शिक्षा क्षेत्रमा यथेष्ट लगानी भइरहेको र निःशुल्क शिक्षा प्राप्त भइरहेको सन्दर्भहरु समेत उठाएका थिए ।
बाल अधिकार समूहकी अध्यक्ष कुस्मिता थिङको सभाध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीको प्रमुख आतिथ्यतामा भएको सडक नाटक प्रदर्शन कार्यक्रममा बाल अधिकार समूहका पदाधिकारीहरु, शिक्षकहरु तथा इन्सेककी सामाजिक परिचालक सलीना गौतम लगायतको उपस्थिति रहेको थियो ।