मनहरी-जेठ ६ गते । मनहरी गाउँपालिका ७ स्थित मनहरी बजारमा रहेको मनहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिने ऋणीहरुलाई सुलभ दरमा बीमा सुविधा दिइएको छ ।
सानिमा रिलायन्स लाइफ इन्सुरेन्स र सहकारीबीच बीमा सम्बन्धी सम्झौता भएसँगै सहकारीले ऋणको सुरक्षण गरेको छ ।
सम्झौता कार्यान्वयन भएपछि अब सहकारीबाट ऋण लिने व्यक्तिले प्रति एकलाख रुपियाँ ऋण लिँदा ३५० रुपियाँ बार्षिक रुपमा अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
त्यसबापत कुनै पनि घटनामा परी ऋणीको ज्यान गएमा वा अंगभंग भई काम गर्न नसक्ने स्थिति भएमा सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले उक्त ऋणको साँवा ब्याज तिरिदिनेछ । ‘यो बीमा सम्झौताले ऋणीलाई राहत मिल्नेछ भने सहकारीको ऋणको सुरक्षण समेत हुनेछ ।’
बीमासम्बन्धी सम्झौता हस्तान्तरण कार्यक्रममा सानिमा रिलायन्सको तर्फबाट क्षेत्रीय प्रवन्धक सूर्य गिरी, मनहरी शाखा प्रमुख सुनिल लम्साल र बजार ब्यवस्थापक अनु पौडेलको उपस्थिति थियो ।
त्यसैगरी सहकारीको तर्फबाट अध्यक्ष बिष्णु प्रसाद भट्ट, सचिब बलराम बानिया, संचालक सदस्य पशुपति बर्तौला र शाखा प्रमुख हरि पाठक सहभागी हुनुहुन्थ्यो ।
कम्पनीको उत्कृष्ट बिमा योजनाबाट अधिक मानिसहरु लाभान्वित हुने आफूले आशा राखेको सानिमा रिलायन्सका क्षेत्रीय प्रबन्धक सूर्य गिरीले बताउनुभयो ।