हेटौँडा–बैशाख ९ गते । पूर्व उपराष्ट्रपति नन्द किशोर पुन पासाङ हेटौँडा आउने हुनु भएको छ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनु भएका उहाँ योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको पाँचौ जिल्ला सम्मेलनमा उहाँ बैशाख १३ गते हेटौँडा आउने तय भएको हो ।
अधिबेसनलाई सम्बोधन गर्न पूर्व उपराष्ट्रपति समेत रहनु भएका पार्टी उपाध्यक्ष आउने तयारी अन्तिम चरणमा पुगेको वाइसीएलका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल अर्यालले बताउनु भयो । जिल्ला सम्मेलनमा झण्डै ५ सय जना प्रतिनिधि, पर्यवेक्षक रहने बताइएको छ ।
‘हामी सम्मेलनलाई भब्य बनाउनका लागि अन्तिम तयारीमा जुटेका छौं’, अर्यालले भन्नुभयो–‘हेटौँडाको पल्पसा सदनमा कार्यक्रमलाई भब्य ढंगले उद्घाटन गरी बन्द सत्र सञ्चालन गर्ने तयारी भएको छ ।’