Sunday, May 18, 2025

एमालेमाथि भएको घेराबन्दी तोडिनेछः केन्द्रीय सदस्य राना

ताजा / भरखरै प्राप्त

हेटौँडा–बैशाख ९ गते । नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले एमालेलाई सामाजिक सञ्जालहरुमार्फत चौतर्फी घेराबन्दीमा पार्ने काम भइरहेको बताउनु भएको छ ।

उहाँले त्यस्तो प्रयास असफल पार्नका लागि एमालेका सबै पंक्ति एकजुट भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।

कम्युनिष्ट पार्टी स्थापना दिवस तथा नेकपा एमालेले सञ्चालन गरेको वडा केन्द्रित ३ महिने अभियानको हेटौँडामा आयोजित समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले अभिमन्यूलाई झैं घेराबन्दीमा पारेर एमालेलाई गलाउने प्रयास भइरहेको बताउँदै अहिलेका आधुनिक अभिमन्यूहरुले त्यस्ता भ्रमहरुलाई तोडेर बाहिर निस्कने सक्ने ल्याकत रहेको बताउनुभयो ।

‘सामाजिक सञ्जाल होस् वा एआइ टुल्स नै किन नहोस हामी सदुपयोग गरेर भ्रमजालबाट देशलाई मुक्त बनाउन लाग्नेछौं’, रानाले भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केदार न्यौपानले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पृष्ठभूमिबारे प्रकाश पार्नु भएको थियो ।

उहाँले तत्कालीन राणाशासनको अन्त्य र नागरिक अधिकार प्राप्तिको एजेण्डा लिएर नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको सन्दर्भ उठाउँदै कम्युनिष्ट आचरणमा रहेर श्रमिक बर्गको एजेण्डा उठाउने पार्टी आजको आवश्यकता बनेको बताउनुभयो ।

‘जब हामीले श्रमिकका मुद्दा, गरिव र बिपन्नको मुद्दा बोक्दैनौं भने पुँजीवाद हाबी हुन्छ र व्यवस्थामाथि खतरा बढछ्’, न्यौपानेले भन्नुभयो–‘अहिले हामीले प्राप्त गरेको गणतन्त्रको नेतृत्व पनि कम्युनिष्ट पार्टीले गर्न सकेन भने नाम मात्रको गणतन्त्र हुनेछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश बर्ताैलाले संसदीय कामका बाबजुत आफू निरन्तर पार्टीको अभियानमा जोडिएर अघि बढिरहेको बताउनु भयो । उहाँले पार्टी कामका अलावा संसदीय काम र विकास निर्माणका कामा जनतासामु जोडिएर अघि बढिरहेको सन्दर्भ उठाउँदै आगामी सरकारले सही ढंगले काम गरिरहेको बताउनुभयो ।

शिक्षक आन्दोलनका प्रसंगमा उहाँले राजनीति हाबी हुँदै जाँदा आन्दोलनले अर्कै रुप लिन पुगेको बताउनुभयो । नेपाली काँग्रेस निकटका शिक्षक महासंघको नेतृत्वले अहिले एमालेको नेतृत्वमा रहेको सरकारलाई बदनाम पार्ने प्रयत्न भइरहेको उहाँको भनाई छ ।

जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न तह र तप्काका नेताहरुको उपस्थिति थियो ।

अध्यक्ष पोखरले तीन महिने वडा केन्द्रित अभियान अन्तर्गत १०२ वटै वडामा पार्टीका वडा कमिटीहरु चुस्त पारिएको र ४७६ वटा टोल कमिटी गठन भएको प्रतिवेदन पेस गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles