मनहरी–चैत १६ गते । गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि चैत १८ गते नेकपा एमालेले हेटौँडामा आयोजना गर्न लागेको जागरण सभा अन्तर्गत मनहरीबाट हेटौँडासम्म बृहत् मोटरसाइकल र्याली आयोजना हुने भएको छ ।
नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापन गर्न लागेको मोटरसाइकल र्याली हेटौँडाको बुद्धचोकमा आयोजना हुने जागरण सभामा मिसिन जानेगरी तयारी गरिएको गाउँ कमिटीले जनाएको छ ।
२ सय भन्दा बढीको सहभागितामा मोटरसाइकल र्याली आयोजना गर्न लागिएको नेकपा एमाले मनहरी गाउँ कमिटीका अध्यक्ष नवीन सुवेदीले बताउनुभयो ।
‘मनहरी गाउँपालिका मात्रै नभएर राक्सिराङ, कैलाश गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको ३ र १९ नं वडाबाट समेत मोटरसाइकल ¥यालीमा युवाहरु थपिँदै जाने गरी व्यवस्था मिलाइएको छ’, अध्यक्ष सुवेदीले भन्नुभयो । उहाँका अनुसार ती वडा र पालिकाहरुका नेताहरुसँग पनि एमाले मनहरी गाउँ कमिटीले समन्वय गरिरहेको छ ।
मोटरसाइकल र्यालीमा सहभागी नहुने अन्य नेता कार्यकर्ताहरु बस, ट्रक, बोलेरो भ्यान, निजी गाडीहरु प्रयोग गरेर हेटौँडाको जागरण सभामा सहभागी हुन जानेछन् ।
मोटरसाइकल र्यालीलाई व्यवस्थित, अनुशासित र संयम बनाएर सहज रुपमा जागरण सभा परिसरमा पु¥याउनका लागि मसिनो गरी तयारी भइरहेको गाउँ कमिटीका उपसचिव अमृत बर्ताैलाले बताउनुभयो ।