Thursday, June 12, 2025

मनहरी खेलकुद तथा ब्यापार महोत्सवको भोलि अन्तिम दिन, प्रवेश गर्न टिकट नचाहिने

ताजा / भरखरै प्राप्त

मनहरी । चैत ३ गते । मनहरी खेलकुद तथा ब्यापार महोत्सव २०८१ को समापन भोलि चैत ४ गते सोमबार हुने भएको छ ।

सोमबार महोत्सवको अन्तिम दिन भएकाले महोत्सवस्थलमा प्रवेशका टिकट काटनु नपर्ने आयोजकले जनाएको छ । आइतबार साँझ गायक रमेशराज भट्टराईले महोत्सवको स्टेजमा प्रस्तुति दिनु भएको थियो । ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’, जस्ता चर्चित गीत प्रस्तुत गर्नु भएका भट्टराईसँगै मनहरीका दर्शकहरु झुमेका थिए ।

त्यसैगरी अर्का गायक तथा संगीतकार चेतन सापकोटाले ‘हाम्रो प्यारो मनहरी गाउँ’ बोलको गीतसहित अन्य गीतहरु प्रस्तुत गरेका थिए ।

महोत्सवको अन्तिम दिन साँझ गायिका एलिना चौहानको प्रस्तुति रहने महोत्सवको व्यवस्थापक एभरेष्ट इमेन्ट म्यानेजमेन्ट प्रा.लि.ले जनाएको छ । फागुन २१ गतेदेखि सुरु भएको महोत्सवको चैत ४ गते समापन हुन लागेको हो ।

यो अबधिमा फुटवल, भलिवल, क्रिकेट, दौड, ब्याडमिन्टन लगायत खेलका पालिकास्तरीय प्रतियोगिताहरु सकिएका छन् ।

फुटवल, क्रिकेट र ब्याडमिन्टन खेलमा ७ वडाका टिमहरुले जीत हात पारेको छ । दौड प्रतियोगिता वडा नं ९ र भलिवलमा वडा नं ४ ले जीत हात पारेको छ ।

५ टिम सहभागी रहेको ब्याडमिन्टन प्रतियोगिता मनहरी गाउँपालिका ७ रमन्टारस्थित कभर्ड हलमा सञ्चालन भएकामा वडा नं ७ का सगुन स्याङ्तान र सुसन भोलनको टिम बिजेता बनेको हो ।

उप बिजेता पनि वडा नं ७ कै किशोर मल्ल, अश्विन श्रेष्ठ घोषित भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी सगुन स्याङ्तान घोषित भएका थिए ।

लोकप्रिय

Related Articles