Monday, March 17, 2025

मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल: वडा नं ६ र ७ बिजयी

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन २४ गते । मनहरी खेलकुद तथा ब्यापार महोत्सव २०८१ अन्तर्गत शनिबारबाट सुरु भएको अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत दुईवटा खेलहरु भएका छन् । ती खेलमा वडा नं ६ र ७ को टिम बिजयी भएको आयोजकले जनाएको छ ।
मनहरी खेलकुद विकास समितिको आयोजनामा भइरहेको खेलकुद तथा ब्यापार महोत्सवकै क्रममा अध्यक्ष कप फुटवल आयोजना गरिएको फुटबल प्रतियोगिता संयोजक विकास लामाले बताउनुभयो ।

मनहरी ७ स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा भएको उद्घाटन खेलमा वडा नं ७ ले वडा नं ५ को टिमलाई ६ गोल हानेको थियो । पहिलो हाफमा ३ गोल र दोस्रो हाफ्मा ३ गोल प्रहार गरी वडा नं ७ को टिमले बिजयी यात्रा सुरु गरेको हो ।

त्यसैगरी शनिबारै भएको दोस्रो खेलमा वडा नं ६ ले वडा नं ३ को टिमलाई १–० गोलान्तरले पराजित गरेको छ । अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै ७ नं वडाका वडाध्यक्ष ठाकुरराम तितुङले खेल क्षेत्रमा यथेष्ठ लगानी स्थानीय सरकारको तर्फबाट भइरहेको बताउनुभयो ।

उहाँले आगामी दिनहरुमा अझै खेलकुदका गतिविधिहरुलाई सुधार गरेर लैजानुपर्ने आवश्यकता औल्याउनु भयो । मनहरी खेलकुद विकास समितिका अध्यक्ष बिरु लामाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा समितिका सदस्य चन्द्र सिंह स्याङ्तानले स्वागत गर्नु भएको थियो ।

अध्यक्ष कपको बिजेताले १ लाख रुपियाँ र उपबिजेताले ५० हजार नगद रुपियाँसहित ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा वडा नं १ बाहेक सबै वडाका फुटबल टिमले सहभागिता जनाएको छ ।

लोकप्रिय

Related Articles