Monday, March 17, 2025

राष्ट्रिय युवा संघ मनहरी गाउँपालिका कमिटीमा प्रकाश स्याङ्तानको नेतृत्व

ताजा / भरखरै प्राप्त

मनहरी । फागुन २४ गते । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ मनहरी गाउँपालिका कमिटीको अध्यक्ष पदमा सर्वसम्मत रुपमा प्रकाश स्याङ्तान चुनिनु भएको छ ।

मनहरी गाउँपालिका ७ स्थित बुद्धशान्ति हरितपार्कमा आयोजना भएको दोस्रो अधिवेसनबाट स्याङ्तान सर्वसम्मत रुपमा अध्यक्षमा चुनिनु भएको हो । उहाँ यसअघि आयोजक कमिटीको संयोजकको रुपमा रहनु भएको थियो ।

स्याङ्तानको अध्यक्षतमा गठित संघका उपाध्यक्षमा सुरेन्द्र थिङ, सचिवमा अस्मिता प्रजा, कोषाध्यक्षमा गोपी लामा र उपसचिवमा बिशाल पौडेल र राजेन्द्र मोक्तान रहनु भएको छ ।

हालको कमिटी २२ सदस्यीय रहेको र आगामी दिनमा अन्य ३ जना सदस्य मनोनित गरेर पूर्ण कमिटी बिस्तार हुने अध्यक्ष स्याङ्तानले जानकारी दिनुभयो ।

दोस्रो अधिवेसनको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङ्ले अहिले नेकपा एमालेको सम्पूर्ण ध्यान जरा अभियानमा केन्द्रित रहेको बताउनुभयो । उहाँले २०८४ मा हुने तीनैतहको निर्वाचनमा बिजय हासिल गर्नेगरी नेकपा एमालेले जरा अभियानलाई चुस्त, दुरुस्त पार्ने काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा जिल्ला कमिटीका अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने पार्टीका तर्फबाट शुभकामना मन्तब्य ब्यक्त भएको थियो ।

लोकप्रिय

Related Articles