Monday, March 17, 2025

मनहरी खेलकुद तथा व्यापार महोत्सव: भोलि श्याम राना र भूमिका गिरी आउने

ताजा / भरखरै प्राप्त

मनहरी । फागुन २३ गते । मनहरी खेलकुद विकास समितिले मनहरी गाउँपालिका ८ मा सञ्चालन गरिरहेको मनहरी खेलकुद तथा ब्यापार महोत्सवको तेस्रो दिन भएको सांस्कृतिक कार्यक्रममा शुक्रबार लोकदोहोरी गायक बालकुमार श्रेष्ठ, सञ्जीव सिंह राना, सीता कँडेल र रामप्रसाद पौडेलले प्रस्तुति दिएका छन् ।

महोत्सव उद्घाटनपछिका दिनहरुमा शुक्रबार भन्दा दर्शकको संख्या समेत बृद्धि भएको आयोजक समितिका सदस्य कविन मगरले बताउनुभयो ।

शनिबार चर्चित कलाकारहरु आउने भएपछि महोत्सवको माहोल नै अर्कै हुने अपेक्षा राखिएको मगरले बताउनुभयो । शनिबार नेपाली लोकदोहारी क्षेत्रका चर्चित गायक श्याम राना र लोकदोहोरी गायिक भूमिका गिरीको धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ ।

त्यसैगरी यस क्षेत्रका चर्चित कलाकार एबम् नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, बीरु घलान र रुपक घिमिरेको प्रस्तुति रहने आयोजक मनहरी खेलकुद विकास समितिले जनाएको छ ।

नृत्यतर्फ आस्था कला केन्द्रका कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम छ । फागुन २१ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म सञ्चालन हुनेछ । यो अबधिमा फुटवल (अध्यक्ष कप), क्रिकेट, एथ्लेटिक्स, ब्याडमिन्टन र भलिवल प्रतियोगिताहरु समेत सञ्चालन हुनेछ खेलकुद विकास समितिका सदस्य विकास पाख्रीनले बताउनुभयो ।

जस अनुसार फुटवल मनहरी गाउँपालिका ७ स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा शनिबारबाट सुरु हुने उहाँले बताउनुभयो ।

अध्यक्ष कपकै निरन्तरता स्वरुप सञ्चालन गरिने फुटवलमा १ नं वडाबाहेक अन्य सबै वडाहरुका ८ टिमले सहभागिता जनाउनेछन् । फुटवलको फाइनल खेल चैत २८ गते सम्पन्न हुनेछ भने बिजेताले १ लाख रुपियाँ र उपबिजेताले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् ।

लोकप्रिय

Related Articles