Tuesday, January 14, 2025

छात्रबासमा बस्ने विद्यार्थीका लागि ६० सेट सिरक–डसना प्रदान

ताजा / भरखरै प्राप्त

राक्सिराङ–पुुस २३ गते । चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङ गाउँपालिका वडा नं ६ सिलिङ्गेमा सञ्चालित छात्रबासका विद्यार्थीहरुका लागि ६० सेट सिरक र डसनासहितका कपडाहरु प्रदान गरिएको छ ।

लिसा हिमालया इभीको आर्थिक सहयोग तथा दिगो विकासका लागि एकता नेपालले सञ्चालन गरिरहेको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन सहायता कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।

दिगो विकासका लागि एकता नेपाल (युएसडी) का कार्यक्रम प्रवन्धक अनिल पौडेलले छात्रबासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरुको आवास व्यवस्थाका लागि सघाउ पु¥याइएको बताउनुभयो ।

राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा माध्यमिक तहको अध्ययनका लागि विद्यालय नजिकै निर्माण भएको छात्रबासमा विद्यार्थीहरु बस्ने गर्दछन् ।

सिरक डसना बितरणसहित समग्र संस्थाको परियोजनाका सम्बन्धमा बोल्दै राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले संस्थाले गरिरहेको कामले पछाडि पारिएको भूगोललाई उज्यालो दिने काम भएको बताउनु भएको छ ।

उहाँले स्थानीय सरकार र गैरसरकारी संस्थाको समन्वयमा भइरहेको कामले शिक्षाको विकासमा योगदान पुग्नेमा जोड दिनुभयो ।

लोकप्रिय

Related Articles