Tuesday, January 14, 2025

राष्ट्रपति रनिङ शिल्ड मकरीबाट सुनाचुरी स¥यो

ताजा / भरखरै प्राप्त

मनहरी–पुस १५ गते । मनहरीमा भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता अन्तर्गत ‘रनिङ शिल्ड’ राष्ट्रिय माध्यमिक विद्यालय विद्यालय मनहरी ६ सुनाचुरीले उचालेको छ ।

९ वटा स्वर्णपदक जित्दै राष्ट्रिय मावि सुनाचुरीले रनिङ शिल्ड उचालेको हो । गत बर्ष रनिङ शिल्डमा कब्जा जमाएको मनहरी गाउँपालिका १ स्थित बालजीवन ज्योति माविले दोस्रोपटक शिल्ड कब्जा गर्न सकेन । उसले ६ स्वर्ण पदक जितेर उप बिजेता बनेको हो ।

त्यसैगरी युवा बर्ष गंगा आधारभूत विद्यालयले ५ स्वर्णसहित तेस्रो स्थान हासिल गरेको छ । सोमबार भएको छात्रतर्फको भलिबल फाइनल खेलमा भोजसिद्ध मावि मनहरी ५ लाई पशुपतिनाथ मावि मनहरी ४ ले पराजित गरेको थियो ।

छात्रातर्फको फाइनल खेलमा महेन्द्रकिरण माध्यमिक मनहरी ८ ले महेन्द्रज्योति मावि मनहरी ३ लाई पराजित गरेको कार्यक्रम व्यवस्थापन गरिरहेको मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका सहायक प्रधाधानाध्यापक साधुराम रिजालले बताउनुभयो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको उपस्थितिमा रनिङ शिल्ड, मेडल, प्रमाणपत्र बिजेता, उपबिजेता विद्यालय तथा व्यक्तिगत रुपमा बिजयी भएका विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको थियो ।

मनहरी खेलकुद विकास समितिका अध्यक्ष बिरु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्याल, वडा नं ४ का वडाध्यक्ष प्रकाश थापा, वडा नं ७ का वडाध्यक्ष ठाकुरराम तितुङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रदीप पराजुली, स्रोत शिक्षक बिदुर थापा लगायतको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles