मनहरी–पुस १४ गते । मनहरी गाउँपालिका ५ बसन्तपुरमा आइतबार साँझ बाघले एक बृद्धालाई मारेको छ । घाँस काट्न बारीको छेउमा गएकी ७२ बर्षीया कान्छीमाया रुम्बा बाघको आक्रमणमा पर्नु भएको हो ।
घाँस काट्न गएको लामो समयसम्म पनि नफर्केपछि खोज्ने क्रममा गएका युवाहरुले कान्छीमायाँ भागेकोजस्तो देखेपछि पछ्याउने क्रममा शव भेटिएको हो ।
‘बाघले कान्छीमायालाई बोकेर हिँडेको हुनुपर्छ’, ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारीले भन्नुभयो–‘भीडभाड देखेपछि बाघले लास छाडेर भागेको अनुमान गरिएको छ ।’
शवको टाउको तथा तिघ्राका भागको मासु बाघले लुछेको अबस्थामा छ । अहिले घटनास्थलमा भीडभाडसँगै त्रास बढेको छ । घटना स्थल मनहरी गाउँपालिका वडा नं ५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ ।