Tuesday, January 14, 2025

दोस्रो स्वर्गीय गोकुल राउत स्मृति फुटबलः उद्घाटनमै आयोजक पराजित, आज सेना र खैराङ टिम भिड्दै

ताजा / भरखरै प्राप्त


मनहरी–मंसीर १६ गते । मनहरी फुटवल क्लवको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम हेटौँडा फुटवल एकेडेमीसँग पराजित भएको छ ।

आयोजक मनहरी फुटवल क्लव र हेटौैँडा फुटवल एकेडेमीवीच भएको स्पर्धामा १–० गोलान्तरले आयोजक टिम पराजित भएको हो ।

प्रतियोगिताको दोस्रो खेल मंसीर १६ गते आइतबार मदन भण्डारी क्षेत्रीय रंगशालामा हुँदैछ । आइतबार दिउँसो हुने दोस्रो खेलमा फुटवल क्लव राक्सिराङ ९ खैराङ र नेपाली सेनाको सुनाचुरी व्यारेकबीच स्पर्धा हुनेछ ।

‘लागू औषध विरुद्धको गोल , खेलाडी उत्पादनमा जोड ’ भन्ने नारासहित प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेतले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मनहरी फुटवल क्लवले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रतियोगिता अबधिभर राम्रो खेल्ने खेलाडीले सर्वाेत्कृष्ट खेलाडीको रुपमा नगद ३ हजार ५ सय रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र ५ लाख बराबरको ३ बर्षसम्मको जीवन बीमा सेवा प्राप्त गर्ने क्लवका अध्यक्ष आशिष गुरुङले जानकारी दिनुभयो ।

हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने र ती खेलाडीहरुले नगद एक हजार सहित शिल्ड प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । जस अन्तर्गत उत्कृष्ट गोलरक्षकलाई नगद ३ हजार ५ सयसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिनेछ ।

सर्वाधिक गोलकर्तालाई पनि नगद ३ हजार ५ सय सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराइने क्लवका सचिव राजेश कोइरालाले बताउनुभयो ।

मनहरीका उदयीमान फुटबलर गोकुल राउतको सवारी दुर्घटनामा परी केही बर्ष पहिले निधन भएको थियो । फुटवल क्षेत्रको विकासका लागि निरन्तर लाग्ने युवा व्यवसायी समेत रहेका राउतको स्मृतिमा यो दोस्रो प्रतियोगिता सञ्चालन गरिएको हो ।

राउतका परिवारले पहिलो पुरस्कारसहित आवश्यक व्यवस्थापनका कामहरु गरिरहेको छ ।

लोकप्रिय

Related Articles