मनहरी–मंसीर १० गते । तिहारमा देउसी खेलेर संकलन भएको रकमबाट अपाङ्ग जेहेन्दार र गरिब बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा सहयोग गरिएको छ ।
वडा बाल सञ्जाल मनहरी –३ ले गत तिहारको अवसरमा देउसी खेलेर संकलन भएको रकमबाट १० जना बालबालिकालाई १७ हजार बराबारको सहयोग गरिएको हो ।
मनहरी गाउँपालिका वडा नं. ३ को कार्यालयमा एक कार्यक्रमका बीच गाउँपालिकाका उपाध्यक्ष सीता पुलामीमगरले सो सहयोग बालबालिकालाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा मनहरी–३ का कार्यबाहक अध्यक्ष हिरा बहादुर प्रजा , बाल सहजकर्ता लीला तामाङ ,बाल सञ्जाल मनहरीका अध्यक्ष मुना भण्डारी , वडा बाल बाल सञ्जाल मनहरी –३का अध्यक्ष सर्मन सुनाम लगाएतको उपस्तीथी थियो ।
गत तिहारमा वडा बाल सञ्जालको आयोजनामा देउसी भैलो साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो । सो क्रममा १ लाख १७ हजार रकम संकलन भएको र खर्च कटाएर बाँकी रहेको रकमबाट बालबालिकालाई सहयोग गरिएको मनहरी गाउँपालिकाको बाल सहजकर्ता लिला तामाङले जानकारी दिनुभयो ।