Wednesday, December 11, 2024

मनकामना सामुदायिक वन अतिक्रमण बढ्यो, नियन्त्रण गर्ने तयारी (तस्वीरहरुसहित)

ताजा / भरखरै प्राप्त

मनहरी–मंसीर ५ गते । मनहरी गाउँपालिका ७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने राष्ट्रिय रोटरी माध्यमिक विद्यालयदेखि निर्मल बस्ती सम्मका अतिक्रमित जग्गामा बनेका संरचनाहरु भत्काइने भएको छ ।

वन समूहले मंसीर ५ गते आयोजना गरेको सर्बपक्षीय छलफल कार्यक्रममा सहभागीहरुले यस्तो निर्णय गरेका हुन् । छलफलमा मनकामना सामुदायिक वन उपभोक्ता समूहका वन समूहका पदाधिकारीहरु, ७ नं वडाका जनप्रतिनिधिहरु डिभिजन वन कार्यालय राप्ती, सव डिभिजन वन कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय मनहरी, शसस्त्र प्रहरी आइआरटी पोष्ट लच्का, मकवानपुर उद्योग बाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सर्बपक्षीय अनुगमन टोली अतिक्रमित क्षेत्रमा अवलोकनमा पुग्दा दैनिक रुपमा निर्मलबस्तीको उत्तरतर्फको बाटो मिचेर जंगलतिर सारिएको, बाटोभन्दा माथिको भूभागमा गोठ, कुखुराका खोर तथा मान्छे सुत्ने टहरा समेत बनाएको पाइएको थियो ।

सहभागी सबैले तत्कालै अतिक्रमित भूभाग वन क्षेत्रमै फिर्ता गरी सुन्दर पिकनिक पार्क बनाउनका लागि पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

७ नं वडाध्यक्ष ठाकुरराम तितुङले अतिक्रमण रोक्नका लागि तत्कालै उक्त बाटोमा कंक्रिट स्ल्याब ढलान कार्य अघि बढ्ने समेत बताउनुभयो ।

वन समूहका अध्यक्ष सुरेश मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख लोकराज नेपाल, दामोदर पाण्डे, सव डिभिजन वन कार्यालय मनहरीका रुपककुमार ब्लोन, नेपाली काँग्रेस सभापति प्रकाश बर्ताैला, नेकपा एमालेका गौतम लामासहितको सहभागिता थियो ।

त्यसैगरी राष्ट्रिय रोटरी माविका अध्यक्ष शालिकराम बानियाँ, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, मनकामना सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष नारायण सुवेदी, समाजसेवी पदमबहादुर तितुङ, भुवनकुमार जोशीसहित इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी आइआरटी पोष्ट, वन रक्षकहरु, टोल विकास संस्थाका अध्यक्षहरु तथा सरोकारवालाहरु सहभागी हुनुहुन्थ्योे ।

लोकप्रिय

Related Articles