Wednesday, December 11, 2024

डिपाड सामुदायिक वनको बजेट तीन करोड बढी

ताजा / भरखरै प्राप्त

मनहरी–मंसीर ५ गते । मनहरी गाउँपालिका ६ स्थित डिपाड सामुदायिक वन उपभोक्ता समूहको बजेट ३ करोड रुपियाँभन्दा बढी रहेको सार्बजनिक भएको छ ।

बुधवार १८ औं वार्षिक साधारण सभामा चालू आर्थिक बर्ष २०८०/८१ का लागि समूहले ३ करोड रुपियाँभन्दा बढीको अनुमानित आम्दानी र खर्च सार्बजनिक गरिएको हो ।

समूहले गत आर्थिक बर्ष अर्थात २०८०/२०८१ मा ३ करोड ३४ लाख ३१ हजार २ सय ५७ रुपियाँको आम्दानी खर्च विवरण प्रस्तुत गरेको थियो ।

साधारण सभामा बोल्दै मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले वन क्षेत्रको विकासमा सामुदायिक सहभािगता बृद्धि हुने सुखद् रहेको बताउनुभयो । समूहका अध्यक्ष डम्बरबहादुरमुक्तानको सभाध्यक्षतामा साधारण सभा भएको हो ।

समूहले शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणका काममा पनि लगानी गरिरहेको जनाएको छ । कार्यक्रममा मनहरी गाउँपालिका वडा नं ६ का अध्यक्ष युवराज थपलिया, सव डिभिजन वन कार्यालय मनहरीका अधिकृत रुपक कुमार ब्लोन, सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहका सचिव रमेश कार्की, सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष तथा पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रघुनाथ रुम्बा, मनकामना सामुदायिक वन उपभोक्ता समूह मनहरी–७ का अध्यक्ष सुरेश कुमार मोक्तान, रमन्टार डिपाड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश मुक्तान, सामाजसेवी, आशमान मोक्तान, हरिचन्द्र शाही ठकुरी, क्षेत्र बहादुर मोक्तान लगाएतकाको उपस्थिति रहेको थियो ।

लोकप्रिय

Related Articles