Monday, March 17, 2025

इन्द्रसरोबरका ६० परिवारलाई खाद्यान्न सहयोग

ताजा / भरखरै प्राप्त

मनहरी–असोज २६ गते । बाढी र भूक्षयका कारण पीडित बनेका इन्द्रसरोबर गाउँपालिकाका ६० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

दिगो विकासका लागि एकता नेपालले लिसा हिमालय इभीसँगको साझेदारितामा ६० घर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

प्रति परिवार ३० किलोग्राम चामल, ५ किलोग्राम दाल, १० किलोग्राम टाइचिन चिउरा, ३ किलोग्राम चना, २ लिटर तेल, ४ सय ग्राम बेसार, ४ सय ग्राम मसाला र १ किलोग्राम मस्यौरा बितरण गरिएको संस्थाका कार्यक्रम प्रबन्धक अनिल पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको आह्वानपछि राहत सहयोग गरिएको उहाँले बताउनुभयो । संस्थाले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ६, ७ र ८ लाई कार्यक्षेत्र बनाएर लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ । खाद्यान्न राहत सामग्री गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको रोहबरमा असोज २१ गते बितरण गरिएको हो ।

लोकप्रिय

Related Articles