Sunday, February 9, 2025

आज मनहरीको बसन्तपुरमा बद्रीले गाउने, राजा राजेन्द्रले हँसाउने

ताजा / भरखरै प्राप्त

मनहरी–असोज २३ गते । बरिष्ठ लोक गायक बद्री पंगेनी आज असोज २३ गते मनहरी गाउँपालिका वडा नं ५ बसन्तपुरस्थित भोजसिद्ध माविको प्रांगनमा आउने हुनु भएको छ ।

उहाँसँगै हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल, गायिकाहरु इब्सन सन्ज्याल, जसु अधिकारी पनि आउँदै हुनुहुन्छ ।
मनहरी गाउँपालिका ५ नं वडास्तरीय खेलकुद विकास समितिले आयोजना गरेको बृहद् सांस्कृतिक कार्यक्रममा सहभागी हुन उहाँहरु बसन्तपुर आउन लाग्नु भएको हो ।

उहाँहरुमध्ये राजाराजेन्द्र पोखरेलसहितका कलाकारहरु आइसक्नु भएको छ भने बरिष्ठ गायक पंगेनी पनि आइपुग्ने क्रममा रहेको आयोजकले जानकारी दिएको छ ।

आज कलाकारहरुले सांगीतक तथा व्यंग्यात्मक माहौल बनाउनेछन् । उहाँहरुबाहेक मकवानपुरे गायक तथा संगीतकारहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।

लोक गायक रामप्रसाद पौडेल, प्रलय चौलागाई, सुनिल केसी, राजेश्वर दाहाल लगायतको प्रस्तुति रहने आयोजक संस्थाका कविन मगरले जानकारी दिनुभयो ।

लोकप्रिय

Related Articles