Wednesday, January 15, 2025

लोथरमा ३४ जनाले गरे रक्तदान

ताजा / भरखरै प्राप्त

मनहरी–असोज १ गते । समाजसेवी एबम् नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाका तत्कालीन उपसचिव मनोज मिश्रको स्मृतिमा मनहरी गाउँपालिका वडा नं ६ लोथर बजारमा रक्तदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ३४ जनाले रक्तदान गर्नु भएको उपशाखाका उपसभापति एबम् कार्यक्रम संयोजक अन्जु कार्की (खुसी) ले बताउनुभयो ।

कार्यक्रममा जिल्ला सभापति लालबहादुर थापा, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, ६ नं वडाध्यक्ष युवराज थपलिया, रेडक्रस मकवानपुर शाखाका कार्यालय प्रमुख लक्ष्मण भट्टराई, ब्लड बैँक प्रमुख टंक दाहालसहित उपशाखा सभापति मोहन कार्की र रेडक्रसकर्मीहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles