Sunday, October 13, 2024

गाउँपालिका अध्यक्षले सहाराबिहिन महिलालाई दिए घर उपहार

ताजा / भरखरै प्राप्त

मनहरी–असोज २ गते । सहारा बिहिन जीवन यापन गरिरहेकी मनहरी गाउँपालिका ५ की सोनी राइलाई स्थायी आवासको व्यवस्था गरिएको छ ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले व्यक्तिगत खर्चमै घर बनाएर हस्तान्तरण गर्नु भएको हो ।

अध्यक्ष कालाखेतीले आफूले पाउने सुविधाबापतको तलबभत्ता रकम खर्च गरेर आवासबिहिन एकल महिलालालाई घर हस्तान्तरण गर्नु भएको हो । घर निर्माणका लागि २ लाख १५ हजार रुपैयाँ खर्च भएको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो ।

‘मैले निर्वाचकै समयमा चुनाव जितेँ भने सरकारी गाडी चढ्दिन र आउने सबै सेवा सुविधा गरिब तथा विपन्नको सेवामा लगाउँछु भन्ने घोषणा एवम् प्रतिबद्धता गरेको थिएँ’, उनले भने, ‘सोही अनुसार मैले सबै सेवा सुविधा गरिब तथा विपन्नको सेवामा लगाउँदै आएको छु।’

सोनी राईकी श्रीमान ‘मुडा लोड गर्ने क्रममा दुर्घटनामा परेर बितेपछि अर्काकै घरमा आश्रय लिएर बस्दै आइरहनु थियो । अर्काकै घरमा बस्दै आइरहनुपरेको पीडा भुल्दै उहाँले अबका दिनमा आफ्नै घरमा बस्न पाउने भएपछि खुसी व्यक्त गर्नुभयो ।

अध्यक्ष कालाखेतीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरुमा आफूले प्राप्त गर्ने तलब भत्ता खर्च गर्दै आइरहनु भएको छ ।

लोकप्रिय

Related Articles