मनहरी- साउन ९ गते । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
लामालाई प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्रीं लामाले जनतालाई सुशासनको प्रत्याभुति दिलाउने गरी सरकारको कामकाज अघि बढाउने बताउनु भएको छ ।
मुख्यमन्त्री लामाले नागरिकको अपेक्ष अनुसारको विकास र सेवा प्रवाहमा प्रदेश सरकार संवेदनशिल भएर अघि बढ्ने बताउनुभयो ।
बुधबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले जनताको आवश्यकता अनुसारको योजनामा काम गर्ने बताउनुभयो ।
सुशासन र वित्तीय अनुशासन कायम गरी गरिव निमुखीका लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रहरुमा प्राथमिकता दिएर काम गर्ने उहाँको भनाई छ ।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री लामाले बुधबारै १० सदस्यीय मन्त्रिपरिषद् समेत गठन गर्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री लामाले पद तथा गोपनीयताको शपथ समेत खुवाउनुभएको छ । नवनियुक्त मन्त्रीहरुमा क्रमशः प्रकाश श्रेष्ठ, किशोर सिलवाल, किरण थापा, अमन मास्के, सुकमाया तामाङ, प्रेमभक्त महर्जन, कुन्दनराज काफ्ले, श्याम खड्का र मधु कुमार श्रेष्ठ रहेका छन् ।