Sunday, February 9, 2025

बागमती प्रदेशको मुख्यमन्त्रीमा मंगलबार मात्र दाबी पेश हुने

ताजा / भरखरै प्राप्त

मनहरी- साउन ७ गते । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाले मंगलबार मात्र मुख्यमन्त्रीमा दावी पेश गर्नुहुने भएको छ ।

प्रदेश प्रमुख कार्यालय हेटौंडामा बिहान १० बजेका लागि समय माग गरिएको भएपनि अन्तिम समयमा स्थगित भएको प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार समय सीमा बाँकी नै रहेकाले कार्यक्रम स्थगित गरिएको हो । काँग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका लामाले मंगलबार मात्र दावी गर्ने उहाँले बताउनुभयो । लामाले मंगलबार बिहान १०÷११ बजे मुख्यमन्त्रीमा दावी गर्ने उहाँको भनाई छ ।

एमाले र काँग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम रोकिएको काफ्लेले बताउनुभयो । सत्ता समीकरण परिवर्तनपछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजिनामा दिनुभएको थियो ।

उहाँको राजिनामा पछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दावी गर्न आह्वान गर्नुभएको थियो ।

लोकप्रिय

Related Articles