मनहरी- साउन ६ गते । गुरु पूर्णिमाको अवसर पारेर राक्सिराङ गाउँपालिका ४ मा रहेको कालिका माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक प्रेमबहादुर मुक्तानलाई ५१ हजार १५१ नगद रुपियाँसहित सम्मान गरिएको छ ।
कालिका माध्यमिक विद्यालयमा अध्ययन गरी विभिन्न क्षेत्रमा क्रियाशील रहेका भूतपूर्व विद्यार्थीहरुले गुरु पूर्णिमाका दिन आफूहरुलाई अध्यापन गराउने शिक्षकलाई सम्झेर सम्मान गरेका हुन् ।
प्रेमबहादुर मुक्तानसँगै अर्का शिक्षक धनबहादुर स्याङ्तानलाई पनि ११ हजार १ सय ११ रुपियाँ नगदसहित सम्मानित गरिएको छ ।
उहाँहरुले राक्सिराङको शिक्षाको विकासमा ठूलो योगदान पु¥याउनु भएको भन्दै कालिका मावि भूतपूर्व विद्यार्थी मञ्चले सम्मान गरेको हो । सोही कार्यक्रममा मनोज मुक्तानको अध्यक्षतामा कालिका मावि भूतपूर्व विद्यार्थी मञ्च गठन गरिएको छ ।