Thursday, November 14, 2024

एसईईमा सफल विद्यार्थीहरुलाई अनेरास्ववियु (क्रान्तिकारी) को सम्मान

ताजा / भरखरै प्राप्त

मनहरी-साउन ४ गते । एसईई परीक्षा २०८० मा सफल मनहरी गाउँपलिका अन्तर्गतका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) ले आयोजना गरेको सम्मान कार्यक्रममा वागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमाम बोल्नुहुँदै प्रमुख अतिथि मोक्तानले उतिर्ण विद्यार्थीहरुलाई पढाईप्रति हौसला प्रदान गर्नुभयो । पछिल्लो समय विद्यार्थीहरुमा एसईई सकेपछि जसोतसो प्लस टु सकाउने त्यसपछि विदेश जाने ट्रेन्ड चलेकोले त्यसको पछि नलाग्न विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।

सम्मान कार्यक्रममा ७२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । क्रान्तीकारीले एसईई पछि पनि पढाईमा अभिरुची जगाउन र हौसाल प्रदान गर्न सम्मान कार्यक्रम आयेजना गरिएको जनाएको छ ।

मनहरी गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान अनेरास्ववियले सम्मान गरेको हो । कार्यक्रममा जिसस मकवानपुरका अध्यक्ष ललित घलान, मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर लगायतकाको उपस्थिति रहेको थियो ।

मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालय सामुदायिक विद्यालय तर्फ उत्कृष्ट हुन सफल भए भने संस्थागत (निजि) विद्यालयको तर्फबाट मनहरी ८ स्थित युनाइटेड सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल उत्कृष्ट भएको थियो । समग्र मनहरी गाउँपालिकाको नतिजा हेर्दा निजि विद्यालयको नतिजा नै उत्कृष्ट देखिएको छ ।

लोकप्रिय

Related Articles