मनहरी–साउन २ गते । मनहरी गाउँपालिका वडा नम्बर ५ मा बुधबार सामाजिक भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गर्दै राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन गरिएको छ ।
वडामा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुका लागि वडामा नै शिविर सञ्चालन गरेको हो । उक्त शिविरमा ९५ जनाले सेवा प्राप्त गरेका छन् । मनहरी गाउँपालिका अन्तर्गतका प्रत्येक वडाहरुमा यो शिविर सञ्चालन हुनेछ ।
त्यस्तै वडा नम्बर ५ ले वडा अन्तर्गतका विभिन्न व्यक्तिहरुलाई सहयोग रकम हस्तारन्तरण गरेको छ । बुधबार वडा अध्यक्ष दिपेन्द्र अधिकारीले वडा कार्यालयमा हस्तारन्तरण गर्नुभएको हो । पढाई खर्चका लागि चेपाङ जातिका दुई बालबालिकालाई जनही पाँच हजारका दरले प्रदान गरेको हो ।
त्यस्तै घरमै सुत्केरी भई पूर्ण खोप लगाएका ३ जना बालबालिकालाई जनही तीन हजारका दरले र क्षयरोगको उपचार पुरा गरेका १३ जनालाई तीन हजारका दरले पोषण भत्ता प्रदान गरिएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।