मनहरी–साउन १ गते । मनहरी गाउँपालिका ८ बेलुवास्थित खेलमैदानमा भएको प्रथम मिलन–धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी हासु एफसी मनहरीले हात पारेको छ । असार ३१ गते सोमबार भएको फाइनल खेलमा एफसी मनहरीले कैलाश गाउँपालिकालार्य पराजीत गरेको हो ।
कैलाश गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एफसी मनहरीले जीत हाँसिल गरेको हो । एफसी मनहरीका विदेशी खेलाडी ग्लोरीले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोल गरी २ गोल गर्न सफल भएका थिए भने दोस्रो हाफमा मोहित गुरुङले १ गर्न सफल भए । ग्लोरी र मोहितको गाल नै फाइनलको निर्णायक बन्न पुगेको थियो । फाइनल खेलको म्यान अफ द म्याच हासुको तर्फबाट जीत थापा मगर घोषित भएका थिए ।
प्रतियोगितामा १२ क्लवको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टिमलाई मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै आयोजक सिम्पानी युथ क्लबका खेलाडी राहुल थापा मगरले ७ हजार रुपैयाँ प्राप्त गरेका छन् भने उनलाई सानिमा लाइफ इन्सुरेन्सले ५ वर्षसम्मका लागि ५ लाख रुपैयाँ बराबरको जीवन बीमा गरिदिएको छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हासुका बाबुराम चौधरी, उत्कृष्ट डिफेन्डर हासुकै छिरिङ लामा, मिडफिल्डर हासुकै राज थापा मगर र सर्वाधिक गोलकर्ता कैलाशका अनिश चौधरी घोषित भएका छन् । उनीहरुले जनही ५ हजार रुपैयाँसहित ट्रफि प्रदान गरिएको छ ।
गत २०७९ पुस २८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सिमपानी युथ क्लवका खेलाडीद्वय मिलन र धर्मराज मोक्तानको स्मृतिमा क्लवले पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो । असार २० गते बाट शुरु भएको खेल असार ३१ गते समापन भएको हो ।